0 COMMENTS

काठमाडौं, २८ मंसिर । नाकाबन्दी र मधेस समस्या समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे ।

थापाले बुझाएको तीनबुँदे प्रस्ताव भारतीय पक्षबाट मोर्चाका नेताको हातमा पुगेपछि मोर्चाले आफ्नो धारणा बनाउन सकेनन् । तर, भारतले सहमति गर्न मोर्चालाई दबाब दिइरहेको छ । मोर्चा नेताहरूको भारत भ्रमणको वेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजले र फर्किएपछि नेपालका लागि भारतीय राजदूत रणजित रायले शनिबार दूतावासमा ‘लन्च मिटिङ’ राखेर सहमति गर्न सुझाब दिएका थिए । तर, उनीहरूको अडान स्पष्ट भएको छैन ।

सहमति गर्न भारतले दबाब दिँदै नाकाखोल्छु भने पनि नेपालका दलहरूका कारणा नाका सूचारू हुन सकेको छैन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।