0 COMMENTS

सुरुङ्गा (झापा), २७ मङ्सिर । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको मागसहित नौ जिल्लामा अनिश्चितकालीन चक्काजामको आह्वान गर्दै हिँड्ने सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवसहित पाँचजनालाई प्रहरीले आज झापाको विर्तामोडबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सङ्घीय लिम्बुवान पार्टी नेपालका सचिव विषम थापामगरसहित सोही पार्टीका मङ्गल राई, अर्जुन तामाङ, उपेन्द्र एक्तेन र मोहमद हिमरोज रहेका छन् ।

बिहानैबाट यातायातका साधन जबर्जस्ती बन्द गराउँदै गरेको अवस्थामा उनीहरुलाई विर्तामोडबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर १ बाट टुक्र्याउन नपाइने भन्दै सो पार्टीले आह्वान गरेको चक्काजामका कारण राजमार्गमा छिटपुट मात्र यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्यालयका गाडीसमेत चल्न नदिइएका कारण आज झापाका विद्यालयमा पनि पठनपाठन अवरुद्ध भएको छ । उता प्रहरीले झापाको काँकरभिट्टाबाट पनि उक्त पार्टीका दुईजना कार्यकर्तालाई बजार बन्द गराउँदै हिँड्ने क्रममा पक्राउ गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सङ्घीय लिम्बुवान पार्टी नेपालका जिल्ला सदस्य सामी पालुङ्वा र अमर योङ्हाग पक्राउ परेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।