0 COMMENTS

मङ्सिर २६, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवा लागि रिचार्ज गर्दा बोनस पाउने सुविधा ल्याएको छ ।

इलेक्ट्रोनिकमार्फत वा एमपीओएस मार्फत रिचार्ज गर्दा आइतवारदेखि पुस महिनाभर लागू हुनेगरी बोनस सुविधा प्रदान गरिने टेलिकमले जनाएको छ ।

रिचार्ज कार्ड तथा इलेक्ट्रोनिक सिस्टमबाट रिचार्ज गर्दा २ सय रुपैयाँकोमा ५ प्रतिशत, ५ सय रुपैयाँकोमा १० प्रतिशत र १ हजार रुपैयाँकोमा १५ प्रतिशत त्यस्तै १ सय वा सोभन्दा बढीको रिचार्ज एमपीओएसबाट रिचार्ज गर्दा १० प्रतिशत बोनस दिइने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।