0 COMMENTS

कावासोती, २६ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताएका छन् ।

तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उले भने – “अहिले एन्फाका गणेश थापाको जस्तो अनुसन्धान पूर्वाग्रही छ कि भन्ने हो । अख्तियारले थापालाई भ्रष्टाचारी ठहर नगरेको अवस्थामा फिफाले उनको भ्रष्टाचारलाई ठहर गरेको छ ।”

हिजाे शुक्रबार एमाले नवलपरासी क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले जुन औलामा बिष लागेको छ त्यही औँला मात्र झर्ने भएकाले अख्तियारको अनुसन्धानबाट तर्सन नपर्ने उल्लेख गरे ।

मधेसको नाममा उत्पीडित र शोषित वर्ग अन्यायमा परेकाले अब उत्पीडित र शोषित वर्गको पक्षमा एमालेले कार्यक्रम लिएर बस्तीबस्ती पुग्ने बेला आएको ज्ञवालीले बताए ।

वर्गीय र सामाजिक उत्पीडन छ त्यसैलाई हल गर्न अब लाग्नुपर्छ उनले भने – “यो संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ ।”

प्रशिक्षण कार्यक्रममा एमालेको केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले मधेसका नाममा जमिदारले अधिकार लिएको दाबी गरे । “पञ्चायतकालकै जमिदारले प्रजातन्त्र र गणतन्त्रमा मधेसको नाममा शोषित पीडित माथि शासन गरेका छन् उनले भने, “डोम हरिजन, दुषाध, मुसलमान उनीहरुकै कारण थिचोमिचोमा परेका हुन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।