0 COMMENTS

काठमाडौँ, २५ मङसिर । सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ ।

ती मुख्य मागहरुमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम संविधानमा भएको व्यवस्थाअुनसार नै हुनुपर्ने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेलगायत रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगी आफ्ना मागहरु पेस गरेको गठबन्धनमध्येका एक तराई मधेस राष्ट्रिय अभियानका विदेश विभाग प्रमुख देवेश झाले जानकारी दिए । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागका विषयमा यही मङ्सिर २९ गते बालुवाटारमा बसेर पुनः छलफल गर्ने बताउनुभएको समेत झाले जानकारी दिए ।

आफूहरुले बुधबार र बिहीबार संसद् अवरुद्ध गरेको हुनाले सरकारले वार्ताका लागि बोलाएकाले आज आफूहरु मागसहित आएको विदेश विभाग प्रमुख झाको भनाइ थियो । सो गठबन्धनमा राजकिशोर यादव अध्यक्ष रहेको फोरम गणतान्त्रिक, अनिलकुमार झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी, जेपी गुप्ता अध्यक्ष रहेको तराई मधेस राष्ट्रिय अभियान र शरद्सिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेसी समाजवादी पार्टी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।