0 COMMENTS

काठमाडौं, मंसिर २५ । भारतको नाकाबन्दीका कारण चुल्हो बाल्न नसकी भोकै सुत्न बाध्य भएको बेला राजनीतिक पार्टीका नेताहरु भने भारतीय राजदूतले आयोजना गरेको “लन्च” समारोहमा सहभागी भएका छन् ।

भारतीय राजदूत रणजित रे ले विभिन्न दलका नेताहरुलाई शुक्रबार काठमाडौंस्थित दूतावासमा दिवाभोज आयोजना गरेका थिए।
दूतावासले आन्दोलनरत मधेसी मोर्चा र विभिन्न दलका नेता तथा सांसदहरुलाई दिवा भोजमा निमन्त्रणा गरेको थियो ।

शुक्रबार दिउँसो दूतावासको ‘भोज” खान भारतीय हस्तक्षेपको बिरोध गर्नेदेखि मधेस आन्दोलनका नेताहरु समेत लैनचोरस्थित दूतावास पुगेका थिए । भोजमा एमाओवादी, एमाले र कांग्रेसका दोश्रो तहका नेताहरुलाई आमन्त्रण गरिएको थियो भने मधेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदलाई निमन्त्रणा गरिएको थियो ।

भोज खान उपसभामुख गंगाप्रसाद यादव, नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, आनन्ददेव ढुंगाना, अमरेशकुमार सिंह थिए भनेएमालेबाट सुरेन्द्र पाण्डे, वंशिधर मिश्र, एमाओवादीका असन्तुष्ट सांसद, प्रभु साह, रविन्द्रप्रताप शाह, राप्रपाका दीपक बोहरा, जयन्त चन्द, राप्रपा नेपालका दिलनाथ गिरी, सुशिल श्रेष्ठलगायत सहभागी रहेका थिए ।
एमाले र एमाओवादीबाट अख्तियारको सूचिमा परेका नेताहरु दूतावासको भोज खान सहभागी हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।