0 COMMENTS

काठमाडौं, मंसिर २५ । नेपालको उत्तर पश्चिमी सीमा जिल्ला दार्चुला सोझै जाने बस सेवा शुरु भएको छ । महाकाली यातायात व्यवसायी समितिले बिहिबारबाट दार्चुला–काठमाडौं बस सेवा सुरु गरेको हो ।

दार्चुला जानका लागि कैलाली र कन्चनपुर अथवा डडेल्धुरा या डोटी जाने बसहरुमार्फत गएर फेरी अर्को बस लिनुपर्ने अवस्था रहेकोमा उक्त सिधा बस सेवाको हिजाे  बिहिबारबाट एक कार्यक्रमबीच सुरुआत   गरियो । उक्त अपी डिलक्स बस सेवाको उद्घाटन नेपाली कांग्रेस दार्चुलाका सभापति महादेव बडूले गरेका थीए ।

दार्चुलादेखि काठमाडौंका लागि पहिलोपटक महाकाली यातायातले डिलक्स सेवा सुरु गरेको हो ।

पहिलो दिन दार्चुलाबाट काठमाडौंका लागी ८ जना यात्रुहरु सवार रहेको समितिले जनाएको छ । प्रति यात्रु काठमाडौंसम्मको भाडा २ हजार ५ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।