0 COMMENTS

bhairahawa vansar naka pani thappa (1)काठमाडौं, मंसिर २५ । भारतीय संसदमा नेपालमा नाकाबन्दीको व्यापक बिरोध भएको चर्चा सेलाउन नपाउँदै पूर्वी नेपालका मुख्य नाकामा जारी अवरोध हटेको संकेत देखिएको छ ।

पूर्वी नाका जोगबनी र काकडभिट्टामा भारतीय सीमा सुरक्षा बल र भन्सार अधिकारीहरुबाट हुँदै आएको अवरोध हटेपछि बिहिबार सामान्य अवस्था जस्तै गाडी भित्रिएका हुन । विराटनगर भन्सार कार्यालयका अनुसार विहीबार १४ बुलेट ग्यास, ९ ट्याङकर पेट्रोल र ३० ट्याङकर डिजेल आएको छ । यसैगरी एकसय ७० औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु, खाद्यान्न लगायत वस्तु बोकेका ट्रक तथा कन्टेनर आएका छन् ।

यो नाका भएर नाकाबन्दी पूर्व औसत १२ बुलेट ग्यास, पैंतीसदेखि चालिस ट्याङकर इन्धन र अढाई सयसम्म ट्रक आउने गरेका थिए ।

नाका सहज भएसँगै विहीबार काँकरभिट्टामा विहीबार २१ वटा इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । उक्त परिमाणको इन्धनमा डिजेलका १३, पेट्रोलका ४, मट्टीतेलका २ र हवाई इन्धनका २ वटा ट्यांकर नेपाल भित्रिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले जानकारी दिएको अन्नपूर्ण पोष्टले जनाएको छ ।

बुधबार १७ वटा इन्धनका ट्यांकर नेपाल आएका थिए । यो नाकामा पनि भारीय पक्षबाट हुँदै आएको अवरोध घटेको छ ।

भारतको पानीट्याङ्की क्षेत्रमा भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले मालवाहक गाडीलाई आउन दिन अवरोध गर्नुका साथै भारतीय भन्सारले पनि जाँचपासमा ढिलाई गर्दै आएकोमा अहिले त्यो क्रम हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।