0 COMMENTS

महोत्तरी, २३ मङ्सिर । लक्ष्मिनियाँ जङ्गलमा आज साँझ अज्ञात समूहले एक यात्रुबसमा आगजनी गरी क्षति पुर्याएको छ ।

सो समूहले पूर्वपश्चिम राजमार्गभन्दा एकसय मिटर दक्षिण कान्तिबजार जाने बाटोमा बा २ ख १२७३ नम्बरको रोकिराखिएको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

सो बस पुरानो तथा बसमा कुनै यात्रु सवार नरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।