काठमाडौं, २३ मंसिर । समस्या समाधानको उपाय खोज्न भारत पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरु आज स्वदेश फर्किदैछन् । भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हुन् ।
भेटमा भारतीय पक्षले वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । मोर्चाका नेताहरुले काठमाडौं फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् ।
आज काठमाडौंमा फर्किएपछि सम्भव भए आजै नभए भोलि वार्ता गर्ने दिल्लीमा पत्रकारहरुसँग बताएका छन् । सरकारले सीमांकनलाई पछि मिलाउने गरि तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।
प्रतिक्रिया दिनुहोस्