0 COMMENTS

काठमाडौं, २३ मंसिर । गणेश थापादेखि विदेशी दूतावासका नक्कली कागजात र छाप बनाएर मानिस विदेश पठाउने करिब ३ सय मेनपावर कम्पनीसँग सोचेको लाभ लिएर छुट दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कारण सरकारी अड्डामा खुलेर भ्रष्टाचारको वातावरण बनेको छ ।

अख्तियारले सबैलाई महसुस हुनेगरी भ्रष्टचारीको संरक्षण गर्न थालेपछि गन्हाएका सरकारी अड्डाका हाकिम अनियमिततामा रमाउन थालेका छन् । विदेशी दूतावासका नक्कली लेटरप्याड, छाप, कामदार मागपत्रदेखि आवश्यक सबै कागजपत्र कुपण्डोलको छापाखानामा छापेर मानिस विदेश पठाउने ३ सय बढी मेनपावरलाई देखिने कुनै कारवाही नगरी लोकमानको समुह रमाएपछि बैदेशिक रोजगार विभाग (बैरोवि) अदालत र अध्यागमनमा समेत दैनिक लाखौं घुसको कारोबार सुरु भएको हो ।

पूर्णतः नक्कली काम गरेर अर्बसम्म कमाएका वैदेशिक रोजगार व्यवसायीको फर्जी काम पत्ता लगाएर पनि सजायँ गर्नुको सट्टा कारवाहीका नाममा वैरोविलाई पत्र काटेर फुक्काफाल बनाइदिएपछि वैरोले पनि नक्कली कागजातका आधारमा विदेश उड्न अनुमति दिइरहेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।