नयाँ दिल्ली, २३ मंसिर । दिल्लीमा आयोजित अन्तर्क्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए ।
सुरुमा मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव बोले । पछि उनीहरूसँग मधेस आन्दोलनबारे सोधिएको थियो ।
एक पूर्वराजदूतले ‘तपाईंहरू सत्तामा रहँदा मधेसीका पक्षमा के–के गर्नुभयो’ भनेर सोधे । अरू नेता मौन बसेपछि सद्भावना अध्यक्ष महतोले भने, ‘काम गर्ने कोसिस गरेका थियौँ, सकेनौँ । किनभने एकजना मन्त्री, राष्ट्रपति भएर केही नहुँदो रहेछ, कानुन बनाउने ठाउँमा मधेसीहरू बहुमतमा थिएनौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्