0 COMMENTS

काठमाडौं, २३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ ।

अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा नआएपछि मंगलबार विमानस्थल भन्सारले औषधि जफत गर्ने निर्णय गरेको हो । विमानस्थल भन्सारले गत १४ मंसिरमा एक साताभित्र औषधि हकदाबी गर्न आउन सूचना निकालेको थियो ।

गत वैशाखमा गएको भूकम्पका घाइतेलाई सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले २० असारपछि पठाएको करिब डेढ अर्ब रुपैयाँबराबरको औषधिमध्ये विमानस्थल भन्सारमा ६० करोडभन्दा बढीको औषधि अलपत्र परेको थियो ।

बाँकी औषधि वीरगन्ज भन्सारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भन्सारमा रहेका ती औषधिमध्ये करिब १० प्रतिशतको म्याद गुज्रेको प्राविधिकले बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।