0 COMMENTS

काठमाडौं, २३ मंसिर । मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् । महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको हो । करिब एक वर्ष अवधिमा पेट्रोलपम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् । प्रहरीले चार्टर्ड एकाउन्टेन्टमार्फत आयल निगमको विवरण र पम्पहरूले गरेको ठगीको परिणामको हिसाब निकालेको थियो । सोही आधारमा बिगो दाबी गरी उनीहरूविरुद्ध ठगी मुद्दा चलाइने महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताए । अपराध महाशाखाले ६ असोजमा २३ पेट्रोलपम्पमा छापा हानेको थियो । तीमध्ये १३ वटामा इन्धनको परिणाम मिटरमा देखाएभन्दा कम वितरण हुने सिस्टम जडान गरेको खुलेको थियो । प्रहरीले सातवटा पम्पका सञ्चालक तथा मिटर बिगार्ने डिजिटल प्रविधि जडान गर्ने पाँचजनालाई पक्राउ गरी थुनामा राखेको छ । भारतीय नागरिकहरू नसिम सिद्दिकी, अयुब आलम, हमिद हुसेन, मोहम्मद अबरार र रौतहटका सेख इम्तिहास पक्राउ परेका हुन् । उनीहरूले नै सबै पेट्रोलपम्पमा चिप तथा रिमोट राख्ने गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।