0 COMMENTS

गौशाला, २२ मङ्सिर / वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी, मन्सरी प्रजातिका रैथाने धान हराएका छन् । अहिले जिल्लामा उन्नत् जातका नयाँनयाँ प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको किसानको भनाइ छ ।

स्वाद, सुगन्ध र रङ्गका कारण कुनै बेला सौख र सम्पन्नताको प्रतीक मानिने करियाकामत धानसमेत अहिले लोपोन्मुख अवस्थामा रहेको बथनाहाका किसान कारी कापरले बताउनुभयो । तर रैथाने मध्येकै बासमती धानले अहिले पनि अस्तित्व बचाएकै छ ।

रैथाने धान हराउँदै गएपछि गाईवस्तुलाई खुवाउन पराल, परम्परागत रुपमा परालले तयार पारिने गुन्द्री (चटाई) र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको औरहीका किसान वीरेन्द्र यादवले बताउनुभयो । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोपसमेत बढेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।