0 COMMENTS

 काठमाडौं,२२ मंसिर/राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग्गिएको घोषणा गरेको छ। मोर्चाले सरकारी वार्ता टोली सामु प्रस्तुत गरेको ११ बुदेँ माग पत्रमा मुस्लिम समुदायको माग नसमेटिएको, मोर्चाको बैठकमा सहभागी नगराइएको, राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने गरी र मानवीय संकट निम्त्याउने गरी हुने कुनै गतिविधिमा सामेल नहुने भन्दै गठबन्धनले मोर्चाबाट अल्गिएको घोषणा गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गरी मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष शमिम मियाँ अन्सारीले मोर्चाबाट अलग्गिएको घोषणा गरेका हुन।

गठबन्धनले मधेस लगायत उत्पीडन विरुद्धका सबै शान्तिपूर्ण आन्दोलनमा समर्थन रहेको जनाउँदै तुरुन्तै आफ्नो आन्दोलनको कार्यक्रम घोषणा गर्ने समेत जारी विज्ञप्तीमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।