0 COMMENTS

काठमाडौं, २२ मंसिर । भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा बिरामीका नाममा भारतीय मुद्रा (भारु) को कालोबजारी बढेको छ ।

सामान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै अहिले भारुको व्यापक कालोबजारी भइरहेको हो । तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक सामग्री अभावसँगै विभिन्न बहानामा भारुको कालोबजारी मौलाएको राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरूले स्वीकार गरेका छन् ।

विद्यमान कानुनी व्यवस्थाअन्तर्गत सामान्य अवस्थामा सातामा एक व्यक्तिले पाँच हजारसम्म भारु सटही सुविधा पाउँछन् । तर, बिरामी भई भारतमा उपचार गर्न जानुपरेमा बिरामीको अवस्था हेरी एकपटकमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म भारतीय मुद्रा सटही गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

सोही कारण चिकित्सकबाट विरामीको नक्कली प्रमाणपत्र बनाई भारु माग गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।