0 COMMENTS

काठमाडौं, २१ मंसिर । उत्तर पश्चिमी एसियाली मुलुक तजाकिस्तानलाई केन्द्रविन्दू बनाएर ७.२ रेक्टरस्केलको भूकम्प गएको छ ।

दिउँसो ताजकिस्तानलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले अफगानिस्तान, पाकिस्तानदेखि भारतको दिल्लीसम्म हल्लिएको भारतीय मिडियाहरुले जनाएका छन् । यद्यपी क्षतिको विवरण भने आईसकेको छैन ।

भारतमा दिल्लीसहित उत्तरप्रदेश र पञ्जावमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको एक्कासी जमिन काँप्न थालेपछि मानिस सडकमा निस्किएका थिए ।

दिल्लीमा गतमहिना पनि भूकम्पको धक्का महसुस भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।