0 COMMENTS

काठमाडौं, २१ मंसिर । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले तीन ठुला दलले नेपालमा भारतबिरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको डिनर मिटिडमा मधेसी मोर्चाका नेताहरुले नेपालमा भारतबिरोधी गतिविधि तीन ठुला दल र सरकार सञ्चालमा रहेका कम्युनिष्टहरुले सञ्चालन गरेको बताएका छन् ।
‘नेपालका दुई कम्यूनिष्ट उपप्रधानमन्त्रीले खुलियाम भारतको विरोध गरेका छन्, प्रधानमन्त्री र विपक्ष दलका नेता भारतबिरोधी गतिविधिमा मौन छन्’ मोर्चाका नेता तथा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्वराजसँग भने, ‘भारतको रक्षा कवज मधेस र मधेसी जनता हुन् ।’

मधेस आन्दोलनलाई दवान राजधानी काठमाडौमा भारतबिरोधी अभियान सञ्चालन गरिएको गुनासो उनीहरुले गरेका छन् । ‘केही दिनअघि प्रधानमन्त्रीको पार्टीले भारतबिरोधी मानव सांडलो काठमाडौंमै बनायो’, महतोले भने ।
स्वराजसँगको डिनर मिटिडमा मधेसी मोर्चाका नेताहरुले भारतकै कारण सरकार र मुख्य तीन दल अलि झुकेको बताउँदै, अझै कदम चालिदिन आग्रह गरेका थिए ।
स्वराजसँग मात्र नभई उनीहरुले भारतीय कांग्रेसका वरिष्ठ नेता करण सिंहसँग पनि भारतबिरोधी गतिविधि नेपालका शासकले नै गरेको बताएका थिए ।
करण सिंहसँगको भेटपछि बाहिर निस्केका मधेसी मोर्चाका नेताहरुले नेपालमा भारतीय नाकाबन्दी नभएको बताएका थिए । रंग र क्षेत्रका आधारमा नेपाल सरकारले विभेद गरेको उनीहरुले सार्वजनिक सञ्चार माध्यमलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।