0 COMMENTS

काठमाडौं, २१ मंसिर । युरोपेली युनियन (इयु)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको २ वर्ष पूरा हुँदा पनि अझै हट्ने संकेत देखिएको छैन । कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा बद्नाम भएको छ भने यसकै कारण नेपालको पर्यटन क्षेत्रले प्रत्येक्ष मार खेप्दै आएको छ ।

कालोसूचीमा परेयता पुनर्बिमा कम्पनीहरुले पर्यटकको बिमाशुल्क बढाएका छन् । जसका कारण नेपाल भ्रमण महँगो बनेको छ । इयुले सन् २०१३ डिसेम्बर ५ देखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।

नेपालका सबै वायुसेवा कम्पनीलाई इयुअन्तर्गत मुलुकमा उडान गर्न निषेध गर्दै उसले इयु हवाई सुरक्षा सूची सार्वजनिक गरेको थियो । उसले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न समेत आग्रह गरेको थियो । कारोबार दैनिकमा खबर छ ।

f

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।