0 COMMENTS

Nepal-Airlines-A320काठमाडौं । नेपाल वायुसेवा निगमले थप आठवटा जहाज किन्ने तयारी गरेको छ । नयाँ खरिद गर्न लागिएका जहाज मध्ये चार वटा अन्तराष्ट्रिय उडानका लागि र चार वटा आन्तरिक उडानका लागि हुने निगम प्रशासनले जनाएको छ ।

अन्तराष्ट्रिय उडानका लागि खरिद गरिएका जहाजमध्ये दुर्इ वटा लामो रुटमा सञ्चालन गर्ने योजना निगमको छ । लामो दुरीको अन्तराष्ट्रिय उडानका लागि दुईवटा (वाइडबडी) र छोटो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोवडी जहाज खरिदको प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिले निर्णय गरिसकेको छ ।

त्यसैगरी निगमले थप चार वटा जहाज ल्याएर दुईवटाले नेपालका सुगम क्षेत्रमा उडान सञ्चालन गर्ने र दुई वटाले दुर्गम क्षेत्रमा उडान भर्ने तयारी गरेको छ । यसअघि निगमका जहाजहरुले दुर्गम क्षेत्रमा मात्र उडान गर्दै आएका थिए । दुईवटा सहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटमा)मा र अर्को दुईवटा आन्तरिक उडानको जहाज दुर्गम क्षेत्रमा उडान गर्ने ट्वीनअटर वा सोही क्षमताका जहाज खरिद गर्ने निर्णय निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बताए । निगमले जहाज खरिदका लागि समय र आवश्यक रकमसहितको योजना सरकारलाई पेस गर्ने निर्णय पनि गरेको छ । जहाज थप गरेर अन्तर्राष्ट्रिय उडान बढाउन अहिलेकै संरचनामा पाइलट मात्रै थपे पुग्ने भएकोले यसले निगम सुधारमा ठूलो सहयोग पुर्याउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।