0 COMMENTS

काठमाडौं । पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो गे (समलिङ्गी) हुन्, यो दावी हाम्रो नभएर स्पेनिस मिडियाको हो । खबरहरुमा विश्वास गर्ने हो भने, विश्व फुटबलका चर्चित मध्येका एक यी स्टारको रिलेसन मोरक्कोका किक बक्सर बद्र हरिसँग छ ।

ronaldo-and-hari-1

चर्चित स्पेनिस मिडियाकाअनुसार रोनाल्डो १३७ करोडको आफ्नो प्राइभेट जेटबाट हरिलाई भेट्न जान्छन् । यी दुई सातामा ३/४ पटकसम्म भेट्छन् । यो खुलासा एक चर्चित स्पेनिस पत्रकारले आफ्नो लाईभ टेलिभिजन शो मा गरेका हुन् ।

जर्नलिस्ट डेनियल रिआलो फ्रेंचले आफ्नो चर्चित टेलिभिजन शो ‘Touche pas a mon sport’मा रोनाल्डो र हरिबीचको सम्बन्ध साथीभन्दा माथि रहेको खुलासा गरे ।

४ लाख अडियन्स रहेको यो शो मा उनले भने, ‘रोनाल्डो आफ्नो प्राइभेट जेटबाट सातामा ३/4 पटक मोरक्को जान्छन् । त्यहाँका किक बक्सर हरिसँग प्राईभेट समय बिताउँछन् ।’ यतिमात्रै नभएर उनले रोनाल्डोले आफ्नो नाकको सर्जरीसमेत गराएको खुलाए ।

 

तीन पटकका बेलोन डीओर विजेता फुटबलर रोनाल्डो र हरिका केही प्राइभेट तस्वीरहरु पनि सामाजिक सञ्जालमा लिक भएका छन् । त्यसमध्ये एक तस्वीरमा ६.५ फिट अग्ला ति बक्सरले रोनाल्डोलाई आफ्नो हातमा उठाएको देख्न सकिन्छ ।

इन्स्ट्राग्राममार्फत सार्वजनिक भएको सो तस्वीरको क्याप्सनमा, ‘Just married. Always there to pick you up, bro.’ लेखिएको छ । यस्तै अर्को एक तस्वीरको क्याप्सनमा ‘Wedding‘ लेखिएको छ ।

छोटो समयका लागि प्रेमिकाहरुसँग रिलेशन हुने र तत्कालै छुट्ने गरेकाले पनि रोनाल्डोका विषयमा आशंका गर्ने गरिएको थियो ।

एजेन्टकी छोरीसँगको रिलेशन के ?

Marisa-and-Ronaldo

पोर्चुगिच मिडियाहरुलाई मान्ने हो भने रोनाल्डो आफ्ना एजेन्ट जर्जकी छोरी मारिसासँग अफेयरमा छन् । यो हट जोडीको केही तस्वीर सोशल मिडियामा सार्वजनिक नभएको पनि होइन । स्मरण रहोस्, जर्जले आफ्नी लङ्ग टाईम गर्लफ्रेण्ड सान्द्रासँग यसै साल विवाह गरेका थिए । विवाह पहिले नै उनीहरुको एक छोरा र एक छोरी थिए । यसअघि मारिसासँगको अफेयरका सम्बन्धमा सोधिएको प्रश्नमा रोनाल्डोले भनेका थिए, ‘कोही छ, जसले मेरो दिलमा राज गरिरहेको छ । म सको नाम भन्न सक्दिनँ ।’

 

 

जनवरीमा भएको थियो इरिनासँग ब्रेकअप

Irina-Shayk-and-Ronaldo

रोनाल्डो र उनकी प्रेमिका इरिना शायकबीच गत जनवरीमा ब्रेकअप भएको थियो । रोनाल्डोले अर्कै कुनै युवतीलाई प्राईभेट मेसेज गर्दै गरेको भेटेपछि यी दुई एकअर्काबाट टाढिएका थिए, भनिन्छ । तर यकिन कारण अहिलेसम्म सार्वजनिक भएको छैन । यिनीहरु सन २०१४ को डिसेम्बरयता सँगै देखिएका छैनन् । इरिनासँग ब्रेकअप भएपछि रोनाल्डोको नाम तीन युवतीसँग जोडिईसकेको छ ।

 

 

                  प्ले ब्वोईको छबी

Ronaldos-ex-girl-friends

प्ले ब्वाेईको छबी बनाएका रोनाल्डो डेटिङ र ब्रेकअपको मामलामा निकै अघि छन् । ३० वर्षको उमेरमा उनले १६ जना युवतीसँग डेट गरिसकेका छन् । रोनाल्डोले डेट गरेका युवतीहरुको नाम यसप्रकार छ ।

करिना फेरो (पोर्चुगिच मोडल), जोर्डना जर्डेल (ब्राजीलियन सुपर मोडल), मेर्चे रोमेरो (पोर्चुगिच मोडल), सोरेआ चेव्स (पोर्चुगिच स्टार), मिआ जुडाकेन (फेमिली फ्रेण्ड), जेमा स्टोरे (पोर्न स्टार), जेमा एटकिंसन (ब्रिटिश मोडल), लूसियाना अब्रू (पोर्चुगिच सिंगर), टेसी चुनिंघम, नरेडिया गैलार्डो (स्पेनिस मोडल), पेरिस हिल्टन (अमेरिकन सुपरस्टार), किम कार्दशियन (अमेरिकन टिभी स्टार), इमोजेन थोमस (मोडल तथा ब्यूटीक्वीन), एंड्रेसा उराच (ब्राजीलियन मोडल), इरिना शायक (रशियन सुपर मोडल तथा एक्ट्रेस) तथा लुसिया विलेलोन (पोर्चुगिच टिभी प्रिजेन्टर) हुन् ।

– डेलिमेलसहित विभिन्न चर्चित अन्तराष्ट्रिय साईटहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।