काठमाडौं, २० मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका कनकमणी दिक्षितलाई आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा जहाज चढ्नै लाग्दा रोकिएको छ ।
अख्तियारले दिक्षितलाई नेपाल वायु सेवा निगमको जहाजभित्रैबाट टंगालमा रहेको कार्यालयमा लगेको हो । दिक्षित आइतबार दिउसो दिल्ली जाने भनेर जहाज चढिसकेका थिए । जहाजमा चढिसकेका दिक्षितलाई अख्तियारका एक कर्मचारीले पत्र थमाएर टंगाल लगेका हुन् ।
अख्तियारले दिक्षितलाई साझा यातायातको अध्यक्षका रुपमा पत्रमा बोलाएको हो । अख्तियारको पत्र पाउने बित्तिकै दिक्षितले सो कुरा ट्वीटरमा पोष्ट गरेर जानकारी दिएका छन् । उनले आफूलाई अख्तियारमा उपस्थित हुन हतारो भएको र उत्सुकता लागेको ट्वीटरमा जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्