0 COMMENTS

मङ्सिर २०, काठमाडौँ । महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउनेहरुले अबदेखि नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्ने भएका छन् ।

नक्सा पास सम्बन्धि सबै काम अनलाइन प्रणालीमार्फत अगाडि बढाउन लागिएको हो । यो सुबिधा सँगै अब घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति दिनमा तपाइले स्वीकृति पाउनुहुन्छ, के कति कागजात आवश्यक पर्छ र के कति राजस्व तिर्नुपर्छ भन्ने पनि अनलाइनमार्फत नै जानकारी प्राप्त गर्न सकिने भएको छ ।

काठमाडौँ महानगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कोष र संयुक्त अधिराज्य वेलायत विकास कोष (यूकेएड) को संयुक्त प्रयासमा अनलाइन नक्सा पाससम्बन्धी प्रणालीको विकास गरिएको छ । काठमाडौँ महनागरमा कति घर तथा आवास बन्दै छन्, तिनीहरुको अवस्था कस्तो रहेको छ, कति घर, अवास तथा व्यावसायिक प्रयोजनका लागि निर्माण भएका भवनले कर तिरे वा तिरेनन् भन्ने कुराको सम्पूर्ण जानकारी समेत यसैबाट लिन सकिने भएको छ ।

साथै यो प्रविधिको उपयोगबाट नक्सा पास तथा यस सम्बन्धित सबै कुराको सहजै जानकारी लिन सकिने भएको छ । अनलाइन ब्यबस्थासँगै परम्परागत रुपबाट नक्सा पास गराउने झंजट, अपारदर्शी आर्थिक कारोबार र नेपाल राष्ट्रिय भवनसंहिता तथा भवन निर्माण मापदण्ड पालना गर्न सार्थक हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।