0 COMMENTS

काठमाडौं, १८ मंसिर । भारतले नाकाबन्दी खोल्ने संकेत गरेपछि सरकार र आन्दोलनरत मधेसबादी दलहरू बीच आज निर्णायक वार्ता हुने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष तीन दल र मधेसबादी दलका नेताबीच वार्ता हुने प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
मोर्चाका नेताहरुसँग वार्ता गर्नु भन्दा पहिले तीन दलको फेरी बैठक बस्ने कार्यक्रम तय गरिएको छ, दाहालले भने तीन दलको बैठकपछि मोर्चासँग निर्णायक वार्ता हुनेछ । साँझ ४ बजे तीन दलको बैठक बस्ने भएको छ ।
मधेसी मोर्चाका ११ बुँदे मागमा समान धारणा बनाउन तीन दल फेरी बस्ने भएका छन् । समान धारणा बनाउन कांग्रेस, एमाले र एमाओवादीले तीन चरणमा छलफल गरिसकेका छन् । तर पनि सामान धारणा बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।