पथरी (मोरङ), १८ मङ्सिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।
विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ ।
विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी उनले दिए । रासस
प्रतिक्रिया दिनुहोस्