0 COMMENTS

वालिङ, १८ मङ्सिर । प्रहरीलाई झुठो सूचना दिएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारका अनुसार स्याङ्जाको दरौँ गाविस–९ की लक्ष्मी सुवेदी र सोही गाविस– ८ बस्ने दिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

‘दरौँ सामुदायिक वनको समबारीमा घाँस काट्न गएको बेलामा अपरिचित पुरुष आएर डर धम्की देखाई गहना तथा केही नगद लुटी लग्यो भनी महिलाले प्रहरीमा खबर गरिन्’ बैदावारले भने –‘उक्त घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा निज महिलाले चिनजानको दिलबहादुरलाई बोलाई विदेश जानका लागि आफैँले खोलेर आफ्नो गहना बैंकमा धितो राख्न दिएको खुल्यो ।’

दुईजनाले योजनाबद्ध रूपमा प्रहरीलाई गलत सूचना दिएका कारण उनीहरूलाई नियन्त्रणमा लिएर केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।