0 COMMENTS

काठमाण्डाै, १७ मंसिर । भारतीय संसदमा नेपालबारे बिहीबार केहिबेर छलफल भएको छ । तर समय अपुग भएको भन्दै छलफल अर्को दिनका लागि सरेको छ ।

नेपालबारे छलफलका लागि एक घण्टाको समय छुट्याईएको थियो । तर, त्यति समय अपुग हुने भन्दै विरोध भएपछि अर्को दिन कम्तिमा साढे ३ घण्टा बहस गर्नेगरी सारिएको हो ।

बहसको प्रारम्भमा विदेशमन्त्री सुष्मा स्वराजले नेपालबारे लिखित मन्तव्य बाचन गरेकी थिइन् । तर उनको मन्तव्य त्यसअघि नै सांसद्हरुको हातमा परिसकेकाले वाचन गरिराख्नु आवश्यक नभएको भन्दै सभाध्यक्षले रोके ।

स्वराजले लिखित मन्तव्यमार्फत नेपालमा सर्बदलीय डेलिगेसन पठाउने प्रस्ताव गरेकी छन् ।

त्यसपछि पाएको तीन मिनेटको समयमा जेडीयू सांसद पवन कुमार बर्माले नेपालमा संविधान जारी हुनैलाग्दा अन्तिम समयमा आएर किन विशेष दूत पठाएको भन्दै प्रश्न उठाए । उनले पनि तीन मिनेटमा आफ्नो कुरा सकेनन् ।

त्यसपछि फेरि विवाद भयो । अन्तत: अर्को बैठकले मीती तय गर्ने र कम्तिमा साढे ३ घण्टा बहस गर्ने भन्दै नेपाल सम्बन्धी छलफलको तिथि सर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।