0 COMMENTS

मङ्सिर १७, काठमाडौं । कालोबजारी गर्न लुकाइएर राखेको पाँच ट्रक खाने तेल प्रहरीले काठमाडौंको जडिबुटीमा रहेको स्वस्तिक आयल उद्योगबाट बरामद गरेको छ ।

स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको मूल्य बढाइ विक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । नाकाबन्दीअघि एक लिटर तेल १ सय ५० बेच्ने गरेको दुगड ग्रुपले अहिले लिटरको ३ सय २० रुपैयाँ लिदै आएको थियो ।

कृत्रिम अभाव सिर्जना गरेर तेल लुकाएको पाइएपछि प्रहरीले स्वस्तिक आयलको जडिबुटीस्थित गोदाम सिल गरेको छ । प्रहरीले गोदमबाट स्वस्तिक आयलका कर्मचारी अमन जैनसहितलार्इ हिरासतमा लिएर अनुसन्धान थालेको बताएको छ ।

अन्य गोदाममा पनि कडा निगरानी बढाइएको उनले बताए । पछिल्लो समय काठमाडौं प्रहरीले कालोबजारी गर्ने ठूलो गोदामको खोजी गरिरहेको छ । एसएसपी थापाले साना कालाबजारी भन्दा पनि ठूलालाई मात्र समात्न मातहतका निकायलाई निर्दैशन दिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।