0 COMMENTS

मंसिर १३, काठमाडौं । काठमाडौैं उपत्यका बाहिरबाट आफुले चाहेजति डिजेल वा पेट्रोल ल्याउन नपाइने भएको छ । उपत्यकामा निजी प्रयोजनका लागि बाहिरबाट इन्धन ल्याउन चाहनेले ५० लिटरमात्रै ल्याउन पाइने भएको छ ।

काठमाडौंका प्रहरी प्रमुख विक्रमसिंह थापाका अनुसार ५० लीटरभन्दा बढी इन्धन भित्राइयो भने त्यस्ता ब्यक्तिलाई समातिने बताइएको छ । बाहिरी जिल्लाबाट उपत्यकामा त्यसरी तेल ल्याउँदा तेल धनीसमेत साथमै हुनुपर्ने अन्यथा त्यस्तो तेल नियन्त्रणमा लिइने प्रहरी प्रमुख थापाले बताए।

निजी प्रयोजनका लागि ल्याइएको तेल कसैलाई बेचिएको अवस्थामा मात्रै कारवाही गरिने अन्यथा, व्यक्तिगत रुपमा प्रयोग गर्दा कारवाही गर्न नसकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।