0 COMMENTS

pestol-101x73काठमाण्डाै  , १३ मंसिर/आइतबार बिहान काठमाडौंको सुन्धारामा प्रहरीले दुइजनालाई गोली प्रहार गरेको छ । अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले सुन्धारामा छोटेलालल ठाकुर र राजकुमार पटेललाई कटुवा चाइनिज पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरेको हो ।

ठाकुरको घुँडामुनि गोली लागेको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । सुन्धाराको एक गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको हो । पटेल र ठाकुरले पनि प्रहरीलाई गोली प्रहार गर्ने प्रयास गरेका थिए । खनालले भने, ‘मुठभेड भएपछि हामीले गोली चलाएका हौं ।’

उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ ।

घुँडा मुनि गोली लागेका ठाकुरलाई उपचारको लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ । रौतहट निवासी ठाकुर भगौडा प्रहरी हुन् । उनले प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए।

उनीहरुकोबारेमा थप अनुसन्धान भइरहेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।