म्याग्दी, १३ मंसिर । तीन महिनापछि जिल्लामा भित्रिएको ४ सय थान ग्यास हजारौं उपभोक्ताबीच बाड्न मुस्किल परेपछि शनिबार गोला प्रथा गरि बाँडिएको छ ।
बेनीबजारका ५ हजार उपभोक्तालाई सहज रुपमा वितरण गर्न सम्भव नभएपछि यो उपाय अपनाइएको हो ।
प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको अगुवाइमा ल्याइएको गृहलक्ष्मी कम्पनीका ४ सय थान ग्यासका सिलिण्डरमध्ये जिल्ला प्रशासनलाई १० थान तथा स्थानीय ग्यास विक्रेतालाई ९ थान छुट्याएर बाँकी गोला प्रथाबाट बाँडिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्