0 COMMENTS

काठमाडौं, १३ मंसिर । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बर्दीबिनाका भारतीय सेनाहरु नेपालमा छ्याप्प छ्याप्ती पसेको बताएका छन् । नेपाललाई अस्थिरतातर्फ धकेल्नका लागि भारतले बर्दीबिनाका सेनालार्इ पठाएको उनको दाबी छ ।

युवा संघ नेपालले बुझाएको ज्ञापनपत्र सरकारी निवास पुल्चोकमा बुझ्दै मन्त्री मण्डलले बर्दीबिनाका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएकाले त्यसतर्फ सचेत हुन युवाहरुलार्इ आग्रह गरेका हुन् । ‘बिनाबर्दीका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएका छन‌्’, उनले भने, यसबारे सबैजना सचेत हुनुपर्छ ।’

मन्त्री मण्डलले नेपालका बौद्धिक व्याक्तिहरुले नै भारतीय स्वार्थ पूरा गर्ने गरी काम गरिरहेको आरोप लगाए । ‘बौद्धिक भनिएकाहरुले नै मधेसका सोझा जनतालाई भड्काइरहेका छन्’, उनले भने, ‘बौद्धिक भनिएका सिके राउतलाई रेबिज लागेको छ । रेबिज लागेका सिके राउतहरु तराईमा धेरै रहेका छन् ।’

सिके राउतको स्वतन्त्र मधेस अभियानले भारतको पक्षमा र नेपालविरुद्ध रहेको उनको भनाइ थियो ।

यो संविधान मधेसी जनताको पक्ष र भारतीयहरुको विपक्षमा रहेको उनले बताए । ‘आफ्नो बिपक्षमा रहेकै कारण भारतले नाकाबन्दी गरेको हो’, उनले भने, ‘मधेस आन्दोलनमा २० वर्ष मुनिका बालबालिकाहरुलार्इ प्रयोग गरिएको छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।