0 COMMENTS

काठमाडौं, १२ मंसिर । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालप्रसाद खड्कालाई पदमुक्त गर्ने तयारी गरेको छ । नाकाबन्दीपछि उत्पन्न इन्धन अभावलाई सहज बनाउन भुमिका खेल्नु पर्नेमा खड्काले उल्टै संस्थागतरुपमै कालोबजारी गरिरहेको आरोप लागेपछि स्पष्टीकरण सोधिएको छ ।
उनलाई पदमुक्त गर्ने तयारीका साथ स्पष्टीकरण सोधिएको छ । आपुर्ति सचिव तथा निगम संचालक समितिका अध्यक्ष इन्द्र उपाध्यायको अध्यक्षतामा शुक्रबार बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणपछि उनलाई निलम्बन गर्ने तयारी गरिएको छ ।
सञ्चालक समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि खड्कालाई पत्राचार गरिएको थियो । तर शुक्रबार दिनभर स्पष्टीकरण पत्र बुझ्न निगमका कर्मचारीले मानेन् । अन्तः साँझ मात्र उनलाई सातदिने स्पष्टीकरण सोधिएको छ ।
खड्कालाई किन आफुखुसी इन्धन वितरण गरेको ?, बढि मुल्यमा इन्धन खरिद गर्न विराट पेटोलिय कम्पनीलाई किन जिम्मा दिएको ? र १८ करोड पहिले नै निकासी दिनुको कारण के हो ? नजिकका मान्छेलाई इन्धन दिन किन जथाभावी डिपोहरुलाई सिफारिस गरेको ? मन्त्रालयबिरुद्ध किन बोलेको ? जस्ता बिषयमा स्पष्टीकरण सोधिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीमाथी छानविन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।