0 COMMENTS

काठमाडौं, १२ मंसिर । सरकारी छानबिन समितिको गलत प्रतिवेदनका भरमा मुद्दा चलाउँदा एक जना व्यक्ति अनाहकमा ५ वर्ष जेल बस्नुपरेको छ ।

गलत प्रतिवेदनलाई आधार मानेर सरकारले यी व्यक्तिविरुद्द ठगी, राजस्व चुहावट, बिनाइजाजत वित्तिय कारोबार गरेकोलगायत अभियोगमा एक दर्जन मुद्दा चलाएको छ । तेह्रथुम मोराहाङका विश्वनाथ गौतम यसरी बित्थैमा थुनिएका हुन् । उनी २०६८ असार २१ गतेदेखि नख्खु कारागारमा छन् ।

सरकारको छानबिन समितिले उनलाई युनिटी लाइफ इन्टरनेशनलको संस्थापक संचालक सदस्य भनेर दोषी करार गर्दै कारबाहीको सिफारिस गरेको थियो । उनी युनिटीका सदस्य नै होइनन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।