0 COMMENTS

 काठमाडौ, १२ कात्तिक । छिमेकी चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ । विश्वका विभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको ‘पावर सिल्क रोड’ परियोजना अन्तर्गत नेपाललाई छनौटमा परेको हो । उक्त परियोजनामा चीनका अन्य छिमेकी मुलुक मंगोलिया, रुस, काजाकास्तान, पाकिस्तान, म्यानमार, लाओस र थाइल्याण्ड पनि जोडिने भएका छन् । सन् २०५० भित्र उक्त विश्वब्यापी उर्जा सञ्जाल कार्यान्वयनमा पूर्णरुपमा आउने बताइएको छ । चीनले अघि सारेको ‘ग्रिड इन्टरकनेक्टिभिटी’ परियोजनालाई नेपाल लगायत छिमेकी मुकुहरुसंगको सहकार्यमा तीव्रताका साथ अघि बढाइने चिनियाँ स्टेट ग्रिडका लिउ चेन्याले चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वासंग बताएका छन् । आगामी दशबर्षभित्र यो परियोजनालाई कार्यान्वयनमा ल्याउने चीनको योजना रहेको समाचारमा जनाइएको छ । आर्थिक विकासका लागि चीन, एसिया, युरोप र अफ्रिका महादेशका बीच सडक, रेल र समुन्द्रि सञ्जालमार्फत् सम्पर्क बढाउने उद्देश्यले चीनले अघि बढाएको ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘ट्वान्टि फस्र्ट सेन्चुरी म्यारिटाइम सिल्क रुट’ परियोजनाहरुकै एक हिस्सा पावर सिल्क रोड हो । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि बढाएको उक्त ‘सिल्क रोड इकोनोमिक बेल्ट’ परियोजनामा नेपाल जोडिनका लागि नेपाल र चीनबीच एक बर्ष अघि सम्झौता भइसकेको छ । संयुक्त राष्ट्रसंघीय दिगो विकास शिखर सम्मेलनका क्रममा दुई महिना अघि न्यूयोर्कमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपतिले चीनले विश्वब्यापीरुपमा उर्जा सञ्जाल बनाउने प्रस्ताव अघि सारेका थिए । विश्वब्यापी रुपमा देखिएको उर्जा संकट हल गर्न क्लिन इनर्जी र ग्रिन इनर्जीलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।