0 COMMENTS

काठमाडौं, १२ मंसिर । नेपाल–भारत सम्बन्ध गम्भीर मोडमा पुगेको औंल्याउँदै विज्ञहरुले समस्या समाधानका लागि कूटनीतिक/गैरकूटनीतिक माध्यम प्रयोग गरेर खुला छलफल थाल्न सरकारलाई सुझाएका छन् ।

केही नेताले भारतीय नेतृत्व तहसँग गरेका वाचा पूरा नहुँदा अहिलेको अवस्था आएको उनीहरुको ठहर छ । जसका कारण पौने ३ करोड नेपालीले दुःख पाउन नहुने उनीहरुले बताए । नेपाल भारत कुटीतिक सम्बन्ध जटिल बनेको र नाकाबन्दी खुल्ने लक्षण नदेखिइरहेको सन्दर्भमा परराष्ट्र मन्त्रालयले चलाएको आन्तरिक छलफलमा यस्तो सुझाव आएको हो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले पूर्वकूटनीतिज्ञ र राजनीतिज्ञसँग परामर्श गरेका हुन्, जसमा पूर्वपरराष्ट्रमन्त्री र राजदूत तथा राजनीतिक दलका विदेश विभाग प्रमुख सहभागी थिए । ‘हाम्रा नेताहरुले भारतलाई दिएको वाचा पूरा नहुँदा अहिलेको समस्या आएको भन्ने सुनेको छु,’ थापाले छलफल सुरु गर्दै भने, ‘यसले असमझदारी खडा भएको हो । यतिबेला हामी साँच्चै गम्भीर मोडमा छौं ।’ उनले नेताहरुले गरेको वाचा भने खुलाएनन् । कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।