0 COMMENTS

stude2काठमाडौं ११ मंङ्सीर । भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण आफ्नो पढ्ने अधिकार खोसिएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले आज राजधानीमा मानव संङलो सहित बृहद प्रर्दशन गरेका छन । विभिन्न नारा लेखिएका प्लेकार्डसहित २७ कीलाेमीटर चक्रपथमा मानव साङ्लो बनाएर उनीहरूले विरोध प्रदर्शन गरेका थीए ।

भारतीय नाकाबन्दी अति भइसकेको भन्दै विद्यार्थीहरुले भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध समेत नाराबाजी गरेका थिए ।
उनीहरुले ‘रातो र चन्द्र सूर्य, म झुक्दै नझुक्ने नेपालको छोरो’जस्ता राष्ट्रिय गीत समेत गाएका थिए ।

‘स्वाभिमानी बेच्दैनौ, संकट पार्न पाइदैन नाकाबन्दी चाहिदैन, बन्द हड्ताल धेरै भो पढ्ने दिन कम भो, बाल मनोविज्ञानको संरक्षण गर, नेपाल झुक्दैन स्वाभिमान बिक्दैन, विद्यालय शान्ति क्षेत्रको नारा व्यवहारमा कार्यान्वयन गर, स्वाभिमानी हामी नेपाली सार्वभौम हाम्रो चाहना, बाँच्न देऊ पढ्न देऊ, आखिर कहिलेसम्म , अब त अति भयो’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन भएको थियो ।

विद्यार्थीको पढ्न पाउने अधिकार बञ्चित भएको यो समस्यालाई अन्तर्रा्िष्ट्रयकरण गर्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन यो अभियान चलाएको एन प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण शाहीले बताए । प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरु, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन. इष्टू र हिसान लगायतका संघसंस्थाहरुले संयुक्त रुपमा शुक्रबारको कार्यक्रम आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।