0 COMMENTS

काठमाडौ, ११ मंसिर । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदिप कुमार यादवको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हवाई इन्धनमा कालोबजारी गरेको अभियोगमा यादवलाई पक्राउ पुर्जि जारी गरेको हो ।
१५ सय लिटर हवाई इन्धन चोरी गरेको आरोपमा गत आइतबार भरतपुरमा चितवनमा पक्राउ परेका ट्यांकर चालक सोमलाल ब्लोन र मध्यस्तकर्ता किशोरी पटेलले हवाई इन्धन कालोबजारीमा डिपो प्रमुख यादवको संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
चितवन प्रहरीले पक्राउ पुर्जी जारी गर्दै यादवलाई तत्काल उपस्थित गराईदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ । ‘पक्राउ परेका दुवै जनाका बयान हेर्दा कालोबजारीमा यादवको संलग्नता भेटियो’ चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले भने ‘यादवलाई चितवन उपस्थित गराई दिन नेपाल आयल निगमलाई पत्राचार गरेका छौ ।’ नेपाल आयल निगमले उपस्थित नगराए चितवनबाटै प्रहरी पठाएर पक्राउ गर्ने तयारी जिल्ला प्रहरी कार्यालयले गरेको छ ।
इन्धनमा कालोबजारी गर्न निगमकै उच्च कर्मचारीहरु संस्थागतरुपमा लागेपछि प्रहरीले सर्तकता अपनाएको हो । प्रहरीले नेपालगन्जबाट काठमाडौ सिनामंलग डिपोमा ल्याउँदै गरेको इन्धन बिक्रि गरिरहेका बेला टयांकर चालक र मध्यस्तकर्तालाई पक्राउ गरेको हो ।
सिनामंलग डिपो प्रमुख यादवसति ३ जनाबिरुद्ध कालोबजारी ऐन अन्र्तगत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।