0 COMMENTS

काठमाडौं, ११ मंसिर । चीनले नेपालबाट आफ्नो देशमा आयत हुने ९७ प्रतिशत वस्तुमा शून्य भन्सार महसुल लगाउने निर्णय गरेको छ ।
नेपालबाट आयात हुने वस्तुमा भन्सार लाग्दा चिनियाँ व्यापारीले नेपालबाट कम सामान माग गर्ने गरेका थिए । नेपालले चीनबाट बढी समान ल्याउने र चीनले नेपालबाट कम सामान लैजाँदा नेपालको व्यापारघाटा वर्सेनि बढिरहेको थियो ।

चीनको उक्त निर्णयले नेपाल र चीनबीचको व्यापार बढ्ने र नेपालको चीनसँगको व्यापारघाटा ह्वात्तै घटने अपेक्षा नेपालले गरेको छ ।

‘चीनको उक्त घोषणाले नेपाली वस्तुहरु बढी मात्रामा चीनतर्फ जानेछ, अर्थमन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले भने, ‘चीनसँग नेपालको व्यापारघाटा बढिरहेको बेला चीनको घोषणाले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सहयोग पुग्नेछ । आर्थिक राष्ट्रिय दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।