0 COMMENTS

विराटनगर, मंसिर १० – मधेसी मोर्चाका कार्यकर्ताले मोरङ भातिगछमा एकजनालाई पेट्रोल खनाएर आगो लगाएका छन् । सीमावर्ति भारतीय क्षेत्रमा पुगेर १५ लिटर पेट्रोल लिएर आउँदै गरेका भाथिगछ-२ का बब्लु राजवंशीलाई मधेसी मोर्चाका कार्यकर्ताले उनैले ल्याएको पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

राजवंशीलाई ल्याउँदै गरेको पेट्रोलसहित रोक्न भनिएको र रोकिएपछि पेट्रोल मध्ये आधी भुईंमा र आधी राजवंशीको शरीरमा खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्ता प्रमोद खरेलले जानकारी दिनुभयो ।

भारतीय बजारबाट पेट्रोल ल्याउँदै गर्दा भारथिगछ-७ मा को १ प २६५० नम्बरको मोटरसाइकल रोकेर आगो लगाइएको थियो । प्रहरीका अनुसार आगो लगाउने भाथिगछ-२ का जुगेश्वर मुखिया, जितेन्द्र मुखिया र अजय साह रहेका छन् । उनीहरु राजवंशीलाई पेट्रोल खन्याएर आगो लगाएर फरार भएका छन् उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट ग्यारेजको प्रयोजनका लागि ल्याइएको पेट्रोल स्थानीय बन्दकर्ताले बन्दमा किन ल्याएको भन्दै खोस्ने प्रयास गरेपछी पीडितले प्रतिकार गर्दा त्यही पेट्रोल पोखेर शरीरमा आगो लगाइ दिएका थिए ।

आगो लागेपछि राजवंशीको ५० प्रतिशत भन्दा बढी शरीरका भागहरु जलेका छन् । पीडित राजवंशिको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।