0 COMMENTS

मङ्सिर १०, काठमाडौँ । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो ।

त्यतिबेला रुस, सिंगापुर, इराक, कुबेतलगायतका देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन ल्याई भारतको कोलकताछेउमा रहेको बजबज बन्दरगाहमा झारिएको थियो ।

त्यतिबेला रुसको जेसु नेप्थे, कुबेतको केपिसी कम्पनीबाट तेल ल्याइन्थ्यो । तेस्रो मुलुकबाट ३० मेट्रिकटन क्षमताका साना कार्गो जहाजमा तेल ल्याइरहेको थियो । जहाजमा ल्याएको तेल भारतीय व्यवसायीकै ट्यांकरमा खसालेर पुनः भारतीय व्यवसायीकै ट्यांकरबाट एक हजार एक सय किलोमिटरको दूरीमा रहेको काठमाडौंसम्म तेल ढुवानी गरिएको थियो ।

त्यतिखेर भारतीय व्यवसायीले चर्को भाडा दरमा ट्यांकर उपलब्ध गराएका थिए । वीरगन्ज, भैरहवा, सिलगुढीलगायतका पाँच नाका खुला थिए । तिनै नाका हुँदै भारतीय ट्यांकरको सहायताले तेल ल्याइएको थियो ।

त्यस्तै चीनको ल्हासाबाट खासा हुँदै पनि तेल ल्याइएको थियो । त्यतिखेर ल्हासाबाट काठमाडौंमा तेल ल्याउन १५ दिन लाग्थ्यो । हवाई इन्धन भने बंगलादेशबाट नेपाल एयरलाइन्सको जहाजबाट ढुवानी गरिएको थियो । नेपाल एयरलाइन्सको पखेटामा ड्रम राखेर हवाई इन्धन ल्याइएको थियो । बंगलादेशबाट डिजेलसमेत ल्याइएको थियो ।

विमानस्थल र विमान कम्पनीलाई नियमन गर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ)ले जहाजमा इन्धन ढुवानी गर्न नपाउने नियम बनाएको थियो । तर, नेपालमा हवाई इन्धन अभावले उडान नै प्रभावित हुन थालेपछि साह्रै अप्ठ्यारो परेको वेला भन्दै तेल ल्याइएको थियो । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।