मंसिर ९, काठमाडौं । भारतको सत्तारुढ दल अर्थात् प्रधानमन्त्री मोदीको ‘भारतीय जनता पार्टी’ (भाजपा) का सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने धारणा राखेका छन् ।
भारतको दरभंगामा आयोजित एक कार्यक्रममा बोल्दै सांसद कीर्ति आजादले यस्तो धारणा राखेका हुन् । उनले नेपालले १५ वटा जिल्ला भारतलाई फिर्ता दिनुपर्ने बताए । उनले भने अनुसार नेपालका ति १५ जिल्ला अंग्रेजले भारतबाट नेपाललाई दिएका थिए । अंग्रेज शासन अन्त्य भएपछि ती जिल्लालाई भारतमा फर्ककाउन कसैले पहल नगरेको उनको भनाई छ ।
सांसद आजादले त्यतिमात्र बोलेनन् । उनले भनेका छन् कि ति १५ जिल्ला भारतमा मिलाउन संसदमा कुरा समेत उठाउने बताएका छन् । अंग्रेजले नेपाललाई दिएका ती जिल्ला फिर्ता गराउनका लागि आफूले पहल गर्ने बताउँदै उनले भनेका छन्, ‘नेपालले ती जिल्ला भारतलाई फिर्ता दिएन भने खोस्नु पर्दछ ।’
यी संसद आजद भारतका पुर्ब क्रिकेट खेलाडी हुन् । उनले नेपालका मधेसीहरुको माग पुरा नभएको बिरोध गर्दै यस्तो बताएका हुन् । भाजपा सांसद आजादले अब त्यसका लागि लड्ने बताएको भारतीय पत्रिका जागरणले जनाएको छ ।