0 COMMENTS

मङ्सिर ९, सुनसरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा बुधबार बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली गम्भीर घाइते भएका छन् ।

एसएसबीको गोली लागि हरिपुरकै अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ ।एसएसबीले प्रहार गरेको गोली अशोक यादवको पेटमा लागेको छ । त्यसैगरी नरेश, मनोज र सरोजको ढाड र शरीरका अन्य भागमा गोली लागेको स्थानीयबासी पप्पु यादवले बताए ।

भारतीय विहारबाट सामान लिएर सुनसरीतर्फ आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र स्थानीयवासीबीच भनाभन हुँदा गोली चलाइएको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका एसपी संजयराज शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।