0 COMMENTS

काठमाडौं, ९ मंसिर । मोदीको मन अहिले मात्र दुखेको होयन । सार्क सम्मेलनमा आउँदा उनले जनकपुर, लुम्बिनी, मुक्तिनाथ जान चाहेका थिए । जनकपुरमा त एकै कार्यक्रमबीच ३ हजार छात्रालाई साइकल बाँड्ने योजना थियो । तर, सुरुमा दलबीचको विवाद र अन्त्यमा सुरक्षाको कुरा उठाएर यात्रा स्थगत गराइयो ।

त्यसपछि उनको बोली र वचनमा आएको अन्तर हेर्नुहोस् । हाम्रो संविधानसभामा दिएको भाषण र वीर अस्पतालको ट्रमा सेन्टर उद्घाटन गर्दा प्रस्तुत मन्तव्यको अन्तर हेर्नुस् । चित्त त्यहीबेला दुःखेको रहेछ । त्यसकारण त बरौनीस्थित इन्धन डिपो सफा गर्ने नाममा हामीलाई सप्लाई केही समय कटौती गरियो ।

नाकाबन्दीको संकेत उनले उतिबेलै दिइएको तर त्यसलाई बुझ्नमा हाम्रो तर्फबाट कूटनीतिक कमजोरी र वैकल्पिक तयारीमा लापरवाही हुन जाँदा आज हामी यो नियति झेल्दै छौं । सबै कुराको दोष छिमेकीलाई लगाएर आफू पानीमाथिको ओभानो बन्न मिल्दैन ।

क्षणभरका निम्ति राष्ट्रवादी देखिन त सकिएला तर भोको पेटले सधैं देशभक्तिको गीत गाउँदैन । सरकार, विपक्षी, भारत, मधेसी सबै यतिबेला अप्ठेरो र अन्योलग्रस्त मुडमा देखिन्छन् । नाकाबन्दीमाथि आधारित आन्दोलनको कारण मधेस पनि संकटमा छ । स्कूल, कलेज बन्द र भट्टीबाहेक व्यापार चौपट छ । यद्यपि, तस्करीका तेलको निम्ति भने कुनै दुःख छैन । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।