0 COMMENTS

हाम्रो मुलुकमा बाबुराम भट्टराईको नयाँ शक्ति होइन । मुलुकको हित र रक्षाका लागि श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको छ । राष्ट्रवादी नयाँ शक्ति छिटो आएर मुलुक बचाऊ ।
रातारात अरबपति बन्न खोजेका कारण पेट्रोलियम पदार्थहरु र ग्याँस अभावको नाममा व्यापक कालोबजारी र भ्रष्टाचार भईरहेको छ । कालोबजारी र भ्रष्टचार गर्नेहरुको जालो फैलिई सकेको छ । यसलाई नियन्त्रण गर्न पनि गाह्रो छ । कालोबजारी र भ्रष्टाचारलाई अन्त्य गर्ने कसले ? कालोबजारीको अन्त्य नहुन्जेलसम्म मुलुकको परिस्थिति असहज नै भईरहन्छ ।
आम नेपाली नागरिकहरुले हामीले खोजेको नयाँ नेपाललाई हेर्नु भो ? हामीले ल्याएको गणतन्त्रलाई हेर्नु भो ? नयाँ नेपाल र गणतन्त्रमा दुःख, शास्ती र पीडा कत्तिको व्यहोर्नु पर्ने रहेछ भुक्तनु भो ? मुलुकमा दुरदर्शी सरकार र नेताहरु नभएपछि आम नागरिकहरुले दुःख, सास्ती र पीडा व्यहोर्नु पर्ने रहेछ ।
मुलुकलाई सीमाङ्कन र प्रदेशको नाममा विभाजन गरेर मात्र समस्याहरु समाधान हुने होइन । मुलुकले ६ प्रदेश, ७ प्रदेश र सीमांकनलाई धान्न सक्ने अवस्था छ कि छैन त्यो पनि हेर्नुपर्दछ । जस्तै संविधान जारी त भयो तर संविधानलाई कार्यान्वयनमा ल्याउनु र लागु गर्नु भनेको चुनौति र जटिल पक्ष हो । त्यस्तै मुलुकलाई ६ प्रदेश, ७ प्रदेश र सीमांकन गरेर मात्र समाधान हुँदैन । यसलाई कार्यान्वयनमा ल्याउन र लागु गर्न चुनौति छ ।
अन्तर्राष्ट्रिय मुलुकहरुमा शिक्षामा नै फड्को मारेर मुलुकहरु सबल, सक्षम र विकसित भएका छन् । हालको अवस्थामा मुलुकको विकासको लागि शिक्षामा फड्को मार्न जरुरी छ । हाम्रो मुलुकमा शिक्षामा फड्को मारेको अवस्था छैन, बाटोघाटो अस्तव्यस्त छन, सरकारी अस्पतालबाट बिरामीले सेवा सुविधाहरु पाउन सकेका छैनन्, कृषिका लागि सिंचाईको सुविधा छैन, जलस्रोतलाई सही तरिकाले उपभोग गरेर फाईदा लिन सकेका छैनौ र दिनहुँ युवाहरु बेरोजगार भएर पलायन भईरहेको अवस्था छ । अनि हामी प्रदेश र सीमांकनको नाममा मुलुकलाई विभाजन गर्न खोज्ने र एकआपसमा लडाँई गर्ने । हाम्रो आवश्यकता के हो ?
राष्ट्रघाती नेताहरुका लागि हामी आम नागरिकहरु एक आपसमा लडाँई गर्नु र बलिदान दिनु व्यर्थ हो । तीन महिनादेखि आम नागरिकहरुको जीवन दुःख र कष्टमय तरिकाले व्यतित भईरहेको छ । यसको जिम्मेवार भनेको को त ? शिर्ष तहका नेताहरु सबै हुन् ।
हामी आम नागरिकहरु मुलुकभन्दा राजनीतिक पार्टीहरुको व्यक्तिप्रति आस्था, निष्ठावान र भाव बढी राख्दछौ । गलत कुरालाई गलत भन्न पनि जान्नुपर्दछ । प्रोत्साहन दिनु हुँदैन । राप्रपा नेपालका सांसद गणेश थापालाई अन्तर्राष्ट्रिय स्तरबाट कार्वाही भईसक्यो । तर नेपाल सरकारको तर्फबाट कार्वाही भएन र राप्रपा नेपालका कार्यकर्ताहरुबाट पनि विरोध भएन किन ?
वार्ता बस्नु अघि कहिल्यै पनि निष्कर्ष विहिन हुँदैन । खाईपिई गरिसकेपछि वार्ता निष्कर्ष विहिन हुन्छ । संविधान जारी भएदेखि नै वार्ता भनिदै निष्कर्ष विहिन वार्ता भन्दै आए तर २०७२ साल मंसिर २ गते प्रधानमन्त्री के.पी. ओलीले निर्णायक वार्ता हुने भनेका थिए । त्यो पनि निष्कर्ष विहिन वार्ता नै भयो । यो जहिले पनि वार्ताको नौटङ्की र जात्रा किन ?
लिखितम सम्झौताहरुको पालना नै नगर्ने हो भने राजनीतिक दलहरुका शीर्ष तहका नेताहरुले बाह्र बुँदे देखि लिएर सोह्र बुँदेसम्म आदि आदि जस्ता विभिन्न प्रकारको लिखितम सम्झौताहरु किन गरेका ? दोषी लिखितम सम्झौता गर्नेहरु हुन् ।
आज पेट्रोलियम पदार्थहरु र ग्याँसका लागि लाईनमा बस्नु परेको छ भने, यस्तै अवस्था रही रह्यो भने भोलिका दिनहरुमा खाद्यान्नहरु चामल, दाल, तेल, नुन र चिनी आदि आदि जस्ताहरुमा पनि आम नागरिकहरु लाईनमा बस्ने अवस्था आउँछ । मुलुकमा आर्थिक संकट अभावको अवस्था पनि आईसकेको छ । आउने दिनहरुमा अफगानिस्तान, सिरिया, हाइटी आदि आदि जस्ता मुलुकको अवस्था हुन के बेर ? राजनीतिक पार्टीहरुका सिद्धान्त र नियमहरु कुनै पनि गलत छैन । यसलाई कार्यान्वयन तहमा लैजाने नेताहरु र व्यक्तित्वहरु अवसरवादी, गद्धार र स्वार्थी छन् ।
आम नगरिकहरु पनि सचेत र जागरुक हुन जरुरी छ । ठिक र बेठिक छुट्याउन सक्नु पर्दछ । आवश्यकता के हो भन्ने कुरालाई सबैले बुझ्नुपर्दछ र महसुस गर्नुपर्दछ । आम नागरिकहरुले राजनीतिक पार्टीहरुका नेताहरुलाई हेर्ने होइन, मुलुकको हित र रक्षाका लागि दुरदर्शी शासक हेर्नु पर्दछ । राष्ट्रवादी नयाँ शासक छिटो आएर मुलुक बचाऊ ।
स्वतन्त्र नेपाली नागरिकः
राकेश कुमार शर्मा
साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६
हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २
साभार दैनीक नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।