0 COMMENTS

united_nations_logo360-300x225मङ्सिर ९, काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायोगले भारत सीमामा जारी अवरोधबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन हुनुका साथै यसले निवार्ध बाँच्न पाउने अधिकारको समेत हनन भएको जनाएको छ ।

भारतले नाकाबन्दी लगाएपछि भारतले असहज परिस्थितिबीच राष्ट्रसंघीय निकायले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको सवाल पहिलो पटक उठाएको हो ।

‘हामी जोड दिन चाहन्छौं अत्यावश्यकीय सामग्रीको ढुवानी वा सेवामा कुनै पनि किसिमको अबरोध खडा गर्नु भनेको अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन एवम निर्वाध बाँच्न पाउने अधिकारको हनन गर्नु हो’ उच्चायोग कार्यालयले जेनेभाबाट जारी गरेको बिफ्रिङ नोटस्मा भनेको छ, ‘हामी नेपाल भारत दुवैतर्फ सम्लग्न सबै पक्षलाई प्रभावकारी, सुरक्षित र छिटो तरिकाबाट सामानहरुको आउजाउ हुन दिने कुरा तत्कालै सुनिश्चित गर्न आब्हान गर्दछौं ।’ -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।