0 COMMENTS

सर्लाही ८ मंसीर । राजमार्ग अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई चुरेभावर समर्थकले ढुंगामुढा प्रहार गरि लखेटेका छन् । मंगलबार सर्लाहीमा राजमार्ग बन्द गर्न पुगेका मोर्चाका कार्यकर्तालाई भावरका कार्यकर्ताले सर्लाहीको फुलजोरबाट लखेटेका थिए । दुवै पक्षबिच झडप हुने सम्भावना बढेपछि राजमार्गमा उल्लेख्य मात्रामा तैनाथ सुरक्षाकर्मीलाई छलेर फुलजोर नदी हुँदै आएका चुरेभावरका कार्यकर्ताले राजमार्ग बन्द गर्ने मोर्चाको प्रयासलाई विफल पारेका हुन् । मंगलबार दिउँसो करिब एकबजे आन्दोलनकारी सडकमा धर्ना दिन पुगेका थिए । त्यसको एक घण्टापछि नै सडकमा निस्किएका चुरे भावरका कार्यकर्ताले सडक जाम गर्न कुनै हालतमा नदिने भन्दै मोर्चा कार्यकर्तालाई लखेटेका हुन् । उक्त क्षेत्रमा झडपको सम्भावना बढेपछि प्रहरीले लाठिचार्ज गरेर मोर्चा कार्यकर्ता र चुरे भावर समर्थकलाई तितर बितर पारेको थियो । प्रहरीको लाठिचार्ज बाट संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव सहित दर्जनौँ घाइते भएको मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।