0 COMMENTS

काठमाडाैं, ८ मंसिर । प्रमुख दलहरुले आन्दोलनरत मधेसी पार्टीका माग सम्बोधनका लागि उनीहरुसंग छुट्टाछुट्टै द्विपक्षीय छलफल गरी सहमतिको वातारण बनाउने भएका छन् ।
कांग्रेससहित सत्तारुढ दलहरुको सोमबारको बैठकले मधेसी दलका ठोस माग र उनीहरुले अपनाउने सक्ने लचकता बारे स्पष्ट भएपछि मात्र साझा धारणा बनाउने सकिने भएकाले पहिले द्विपक्षीय छलफल गर्ने सहमति गरेको छ ।
त्यही सहमति अनुसार काग्रेसले आन्दोलनरत मधेसी दल तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई उनको निवासमै भेटेर छलफल गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताहरुले पनि अनौपचारिक रुपमा मधेसीहरुसंग छलफलमा गर्न थालेका छन् ।
संसदमा अघि सारिएको संविधान संशोधन विधेयकमा मधेसी दलहरुले अहिले सम्म औपचारिक सहमति गरेका छैन्न । त्यसैले संसदमा प्रस्तुत विधेयक उनीहरुसंगको सहमति बेगर संशोधन गर्दा पुनः प्रश्न उठन् सक्ने भएकाले त्यो बिषयमा समेत प्रमुख दलहरुले मधेसीको धारणा बुझ्ने प्रयास गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।