0 COMMENTS

मंसिर ८, काठमाडौं । अफ्रिकी जहाज कम्पनी इथियोपियन एयरलायन्सले शुक्रबारदेखि दैनिक ३ लाख लिटर हवाई इन्धन (एटीएफ) भारतबाट ल्याउने पक्कापक्की भएको छ ।

इथियोपियाको सरकारी ध्वजावाहक विमानले नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डिपोलाई ईमेल पठाउँदै शुक्रबार बिहान पहिलो उडान गर्ने जानकारी दिएको हो । उक्त विमानलाई ग्लोबल टेन्डरबाट छानिएको पेट्रोलिम्याक्स नेपालले भाडामा लिई हवाई इन्धन ल्याउन लागेको हो । ुसबै प्रक्रिया करिब करिब सकियो, शुक्रबार बिहान पहिलो एटीएफ डेलिभरी दिँदै छौं,ु पेट्रोलिम्याक्सका एक जना लगानीकर्ताले भने ।

उनले इथियोपियन एयरलायन्ससँग भएको कार्गो ढुवानी सम्झौताअनुसार नयाँ विमान बोइङ ७७७ लाई इथियोपियाबाट भारतमा ल्याइने बताउँदै भने, ‘हामीले त्यो विमानबाट भारतको कोलकाता, लखनउ र आवश्यक परे बंगलादेशको ढाकाबाट पनि हवाई इन्धन ल्याउने छौं ।’ उक्त विमानले एउटा उडानमा कम्तीमा पनि १ लाख लिटर हवाई इन्धन ल्याउने छ ।
-कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।